News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
माछापुच्छ्रे बैंकले राजश्व र पेन्सनको कारोबार नगर्दा सास्ती

मुगु — देश सङ्घीयतामा गएपछि ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा विभाजित छ। त्यसपछि एक पालिका एक बैंकको अवधारणा अघि बढेको छ। त्यही अवधारणा अनुरूप मुगुको खत्याड गाउँपालिकामा स्थापना भयो माछापुच्छ्रे बैंक। तर राज्यलाई बुझाउनु पर्ने राजश्व र नेपाल सरकारको बिभिन्न सेवाबाट अवकाश पाएका राष्ट्र सेवकले पाउने पेन्सन सेवाको कारोबार नगरेकाले मुगुका खत्याडबासी मारमा परेका छन्। 

खत्याड गाउँपालिका र पालिकाभित्र रहेका जुनसुकै सरकारी काम काजका लागि राज्यलाई दिनुपर्ने राजश्व बुझाउन घण्टौँ पैदल हिँडेर सदरमुकाम गमगढी बजार पुग्नुपर्ने बाध्यता छ। नत्र छिमेकी जिल्ला बाजुराको धुलाचौरमा रहेको वाणिज्य बैंकमा गएर राजश्व जम्मा गर्नुपर्ने बाध्यता छ। तर पालिकामै रहेको माछापुच्छ्रे बैंकबाट राजश्व र पेन्सन पट्टा सेवा लिने राष्ट्र सेवकले पाउनुपर्ने सेवा वापतको रकम सम्बन्धी कारोबार बैंकले नगर्दा सेवाग्राही मारमा छन्। सेवा दिलाउनको लागि पालिकाले बैंक समक्ष पटक पटक आग्रह गरेको भएपनि कुनै सुनुवाइ नभएको खत्याड गाउँपालिकाका उपाध्यक्ष सरिता रोकायाले बताइन।

Prabhu Bank

पालिकामा माछापुच्छ्रे बैंक स्थापना हुँदा उत्साहित भएका स्थानीय अहिले निराश छन्। बैंकले पेन्सन पट्टाबाट सेवा लिने राष्ट्र सेवा र राज्यलाई राजश्व बुझाउन बैंकमार्फत सजिलो हुने भयो भन्ने सोचेका थियौं तर बैंकबाट कुनैपनि सेवा नहुने भएको हुँदा दुई दिन पैदल हिँडेर सदरमुकाम गमगढी जानुपर्ने बाध्यता छ। पेन्सन सेवा लिन र राज्यलाई राजश्व बुझाउन बैंकमा इन्टरनेट र बैंकको सिस्टम नचल्दा पनि ढिला हुने गरेको छ,’ स्थानीय धनसुर थापाले भने।

आन्तरिक राजश्वको खाता बैकसँग सहकार्य नभएकोले पालिका र अन्य नागरिकहरूले राज्यलाई तिर्ने राजश्व बैंकले कारोबार नगरेको माछापुच्छ्रे बैंकका जुनियर असिस्टेन्ट दलबहादुर कार्कीले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १३:१२
Weather Update