News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नयाँ वर्षको अघिल्लो दिन सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं — २०८० सालको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो। 

Prabhu Bank

नेपाल शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै  तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:२९
Weather Update