News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
२२.७५ अङ्कले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ। परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता शेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३ रुपैयाँमा कारोबार भएका छन्। आजको कारोबारपछि बजार पूँजीकरण ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ रुपैयाँ पुगेको छ।

Prabhu Bank

होटल र पर्यटन समूह र ट्रेडिङ समूहको सूचकमा सामान्य गिरावट देखिए पनि अन्य समूहको सूचकमा भने हरियाली छाएको छ। आज वित्त समूह पाँच दशमलव ९५ प्रतिशत, विकास बैंकको सूचक तीन दशमलव १६ प्रतिशतले उकालो लागेको छ।

आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन्। मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ।

त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको चार दशमलव ३५, ग्लोबल आईएमई ब्यालेन्सड फन्ड-१ को तीन दशमलव १० र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य दुई दशमलव ७६ प्रतिशतले घटेको छ। 

सर्वाधिक बढेका ५ शेयर 

कम्पनीअन्तिम मूल्य (रु)बढेको दर (%)
नेपाल फाइनान्स४२३.५०१०
पोखरा फाइनान्स४३२.३०१०
जानकी फाइनान्स४२०.२०१०
गुराँस लघुवित्त२१७३.६०१०
मानुषी लघुवित्त१२०७.५०९.९९

सर्वाधिक घटेका ५ शेयर 

कम्पनीअन्तिम मूल्य (रु)घटेको दर (%)
तारागाउँ रिजेन्सी होटल७९२-१०
कालिका लघुवित्त७७१-४.३५
ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १८.१४-३.१०
सूर्यज्योति लाइफ इन्स्योरेन्स४९९.८०-२.७६
गणपति लघुवित्त११५६.५०-२.५४

सर्वाधिक कारोबार भएका ५ शेयर

कम्पनीकारोबार भएको रकम (रु)
एनआरआईसी संस्थापक शेयर९५२००००००
गुर्खाज फाइनान्स१९०४८९८२९
सूर्यज्योति लाइफ इन्स्योरेन्स११२९७९९६३
सर्वोत्तम सिमेन्ट९९३९४७९७
नेपाल फाइनान्स८७९००१५७

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:४६
Weather Update