सहकारीमा मेरै २३ लाख लगानी डुबेको छ, उठाइदिनेलाई अलिअलि दिन्छुः श्रममन्त्री अर्याल
काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आफू सहकारी पीडित रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सहकारीमा २३ लाख लगानी डुबेको बताउँदै सो रकम उठाइदिनेलाई एकदुई लाख रुपैयाँसम्म दिनेसमेत बताए।
हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको उनको भनाइ छ।
‘रास्वपाको उपसभापति डीपी आर्याल पनि सहकारी ठगीमा तपाईँहरूलाई लाग्ला। मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा। म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरूले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरूलाई म अलिअलि दिन्थेँ। मेरो २३ लाख आएपछि उहाँहरूको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ। मै ठगिएको छु,’ उनले भने।
यो पनि पढ्नुहोस
श्रममन्त्री अर्यालपछि ऊर्जामन्त्री बस्नेतको नाम पनि जोडियो सहकारी ठगीमा, यस्तो छ मन्त्रीद्वयको जीबी ‘कनेक्सन’
प्रकाशित मिति: शनिबार, चैत २४, २०८० १४:२२













