News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बढ्दो प्रोस्टेट क्यान्सर, दुई दशकमा ८५ प्रतिशत पुग्ने अनुमान 

काठमाडौं — पुरुषहरूलाई तिव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरूले बताएका छन्। यही अवस्था कायम रहे २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उनीहरूको दाबी छ।

प्रोस्टेट क्यान्सर शुरुकै अवस्थामा थाहा पाउन सके सामान्य उपचारले निको पार्न सम्भव देखिए पनि अन्तिम अवस्थामा पत्ता लागेमा भने रोगको उपचार गर्न र बिरामीको ज्यान बचाउन गाह्रो हुने स्वास्थ्य विज्ञहरूले बताएका छन्।

हालैका अध्ययनहरूले प्रोस्टेट क्यान्सरको बारेमा डरलाग्दो तथ्याङ्कहरू पत्ता लगाएका छन्। अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सरका घटनाहरू विश्वव्यापी रूपमा दोब्बर भन्दा बढी रहेको अनुमान गरेका छन्। यही अवस्था बढ्दै गए भविष्यमा ठूलो स्वास्थ्य संकट सिर्जना हुने अनुसन्धानकर्ताहरूको भनाई छ।

Prabhu Bank

यस क्यान्सरबाट हुने मृत्यु सन् २०२० देखि २०४० बीचमा ८५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। यसले स्वास्थ्यमा ठूलो तनाव निम्त्याउन सक्छ।

द ल्यान्सेट जर्नलमा प्रकाशित यस अध्ययनको प्रतिवेदनअनुसार सन् २०४० सम्ममा प्रोस्टेट क्यान्सरका वार्षिक २९ लाख बिरामी पुग्ने अनुमान गरिएको छ भने अहिले सन् २०२० पछि विश्वभर वार्षिक १४ लाखभन्दा बढी बिरामी थपिने गरेका छन्।

कम र मध्यम आय भएका देशहरूले धेरै उच्च आय भएका देशहरूको तुलनामा मृत्युदरको उच्च जोखिम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्।

प्रोस्टेट क्यान्सरको जोखिम ५० वर्ष वा सोभन्दा माथिका मानिसहरूमा बढी हुने गरेको पनि अध्ययनले देखाएको छ। इन्स्टिच्युट अफ क्यान्सर रिसर्च, लन्डनका प्रोस्टेट एण्ड ब्ल्याडर क्यान्सर रिसर्चका प्रोफेसर निक जेम्सले, विश्वभर मध्यम उमेरका र वृद्ध पुरुषहरूको संख्या बढ्दै जाँदा प्रोस्टेट क्यान्सरको प्रकोप पनि बढ्ने अनुमान गरिएको, क्यान्सरबाट बच्न र यसबाट मानिसलाई सुरक्षित राख्न अहिले नै योजना बनाउन जरुरी रहेको बताए।

अनुसन्धानकर्ताहरूले प्रोस्टेट क्यान्सरबाट बच्ने कुनै खास उपाय नभएको बताउँछन्। तर नियमित व्यायाम र स्वस्थ आहार जस्ता छनौट गरेर यो क्यान्सरको जोखिम कम गर्न भने सकिन्छ। प्रोस्टेट क्यान्सरको जोखिम अधिक तौल वा मोटोपन भएका मानिसमा हुने भएकाले तौल नियन्त्रणमा राखेर यसको जोखिमबाट भने बच्न सकिन्छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १३:३४
Weather Update