News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बुद्ध एअरका अध्यक्षले सुरु गरे चामलको व्यापार

काठमाडौं — आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्रीवितरण शुरू गरेको छ। यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल नाम दिइएको छ। 

मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा यस चामलको औपचारिक बिक्री शुरूवात घोषणा गरेका हुन्। बस्नेत बुद्ध एअरका प्रबन्ध निर्देशक हुन्। 

Prabhu Bank

एभरेष्ट चामलको शुभारम्भ गर्दै बस्नेतले भने, ‘हामीले धेरै मेहेनेत गरेर नेपाली किसानको मात्र धान किनेर त्यसलाई आमउपभोक्ता माझ पुर्याएका छौं। चामलको मूल्य विदेशबाट आयातित चामलको दाँजोमा निकै सस्तो हुनेछ।’

आयातित लंगग्रेन भन्दा स्वादिष्ट र उच्च एभरेष्ट सुपर लङग्रेन स्टीम र एभरेष्ट लङग्रेन स्टीम (तिब्बर) सार्वजनिक गरेको छ। आयातितको तुलनामा यस चामलको लम्बाई १७.४६ मिलिमिटर लम्बाई रहेको छ।
आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका चार हजार भन्दा बढी बिगाहा जग्गामा हजार्रौं किसानसँग सहकार्य गर्दै आएको छ।

धान रोपाई अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको छ। आरजु राईस मिलले किसानको धानलाई मिलमा आइपुगेको दुई दिनभित्रै अनलाइन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:४१
Weather Update