News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नयाँ वर्षमा सामसङको अफर : टीभी, फ्रिज र वासिङ मेसिनमा ३० देखि ३८ प्रतिशतसम्म छुट

काठमाडौं — सामसङले नयाँ वर्ष–२०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बढौँ खुसी सधैँलाई’ नामक योजना सार्वजनिक गरेको छ। यसअफर अन्तर्गत ग्राहकले आफूलाई मन परेको टीभी खरिद गर्दा ३८ प्रतिशतसम्म र फ्रिजर तथा वासिङ मेसिन खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टेन्ट फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टीभी फ्रिज र वासिङ मेसिन खरिद गर्न सक्नेछन्।

नयाँ वर्षको अफरमा ग्राहकलाई टीभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल यूएचडी, फ्रेम र क्यूएलईडी लगायतका टीभी खरिद गर्दा ३८ प्रतिशतसम्म छुट पाउने कम्पनीले बताएको छ।नागरिकता पेस गरी ग्राहकले ५५ इन्च वा त्योभन्दा ठूलो टीभी खरिद गर्दा इन्स्टेन्ट लोन पाउन सक्नेछन्। इन्स्टेन्ट फाइनान्स सेवामार्फत ईएमआई १८ महिनामा तिर्ने विकल्प पाउने छन् भने ४३ इन्च वा सोभन्दा सानो टीभी खरिद गर्दा ईएमआई तिर्न १२ महिना समय पाउने छन्।  

Prabhu Bank

ग्राहकले आफ्ना नयाँ खरिदबारे पनि पूर्ण रुपमा ढुक्क हुन सक्छन्, किनभने टीभी खरिदमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको कम्पनीले जनाएको छ। 

कुनै पनि सामसङ टीभीको खरिद सँगै ग्राहकहरूले साउन्डबार खरिद गर्दा सो साउन्डबारमा आकर्षक छुट पनि पाउने छन्। सामसङको ७५ इन्चभन्दा ठूलो क्रिस्टल यूएचडी टीभी खरिद गर्दा ग्राहकले साउन्डबार सित्तैमा पाउने छन् भने एयू ७७०० मोडलका ५५ इन्च र ६५ इन्च यूएचडी टीभीको खरिद गर्दा ग्यालेक्सी ए१५ ९८र१२८० मोबाइल फोनमा ५ हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ।

नयाँ वासिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने योजनामा रहेका ग्राहकका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वासिङ मेसिनका अद्भूत रेन्ज र साइड–बाइ–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भूत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्ज सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार फ्रिजमा रहेको डीआईटी कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआईटी मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्ने छ।

सामसङको कुनै पनि टीभी र घरेलु उपकरणमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकले उत्कृष्ट मूल्यांकन प्राप्त गर्न सक्ने छन्। ग्राहकले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कममार्फत अनलाइनमा लिन सक्ने छन्। यसका साथै ग्राहकले अर्कोस्टोर डट कममार्फत ५५ इन्च र ६५ इन्च एयू ७७०० क्रिस्टल टीभी अनलाइन एक्सचेन्ज गर्दा ५ हजार ५०० रुपैयाँसम्मको टप–अप प्राप्त गर्ने योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको कम्पनीले जनाएको छ। 

जेठ २ सम्म हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत देशभरि यो अफर लागू हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:०१
Weather Update