News Griha :: न्यूजगृह
आयल निगमका पूर्वकार्यकारी निर्देशकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं— नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सोमबार भ्रष्टाचार मुद्दामा विशेष अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

न्यायाधीशहरू खुसीप्रसाद थारु, बलभद्र बास्तोला र यमुना भट्टराईको संयुक्त इजलासले खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

खड्कामाथि गैरकानुनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप छ । उनीविरुद्ध अख्तियारले २०७५ पुसमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०६:५४
Weather Update