काठमाडौं— नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा लगानी व्यवस्थापन सम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न गरेको छ।
१८ मार्चदेखि २४ मार्चसम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’का अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो।
धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया सम्पन्न गरेको हो। ‘उज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यका साथ चैत ५ गते नेपालगञ्जमा, चैत ६ गते कोहलपुरमा, चैत ७ गते धनगढीमा, चैत ८ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पससहित उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम संचालन गरिएको थियो।
कार्यक्रमका सहभागीलाई लगानीका विधी, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी गराइएको थियो। कार्यक्रमबाट ५०० जना लाभान्वित भएका थिए।