News Griha :: न्यूजगृह
राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

काठमाडौं— प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ।

समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो। 

समितिको सचिवालयका अनुसार बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ। 

सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:५०
Weather Update