News Griha :: न्यूजगृह
बहुउपयोगी काँक्रो: तौल घटाउँछ, कब्जियत हटाउँछ    

काठमाडौं—  गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ ।

काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ । शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ ।

शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन् । काँक्रोमा एन्टिडायबेटिक र एन्टिअक्सिडेन्टहरू प्रशस्त पाइन्छ । यस्तै काँक्रोमा भिटामिन सी, भिटामिन के र अन्य पोषक तत्त्वहरू पनि पाइन्छ जसले स्वास्थ्यलाई स्वस्थ राख्छ र तौल घटाउन पनि गर्दछ । 

काँक्रो एक कम क्यालोरी खाना हो, जसमा बोसोको मात्रा शून्य हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ। 

कब्जियत जस्ता पेटको समस्यालाई हटाउन पनि काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ ।  यसमा पानीको मात्रा पनि अधिक हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ। 

 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १०:५९
Weather Update