रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक प्रहरी नियन्त्रणमा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी सवारी चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर–११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षका थापा राति घरको छतबाट खसेका थिए । थापासँगै सुतेका प्रवक्ता ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
पुरानो मेडिकल कलेजमा उपचाररत थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० ०९:३६














