रविका सवारी चालक छतबाट खसे, पुरानो मेडिकल कलेजमा उपचार जारी

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनिने दिलबहादुर थापा घरको छतबाट खसेका छन् ।
भरतपुर–११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षका थापा छतबाट खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी राति १२ बजेतिर छतबाट खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले न्यूजगृहलाई जानकारी दिएको छ ।
उनको टाउको र खुट्टामा चोट लागेको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० ०८:२८













