News Griha :: न्यूजगृह
सीआईबीले बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीको बयान लिने

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन्। 

उपप्रधान तथा गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र नेपाल प्रहरकी केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्यामलाल ज्ञवालीलाई उक्त निर्देशन दिएका हुन्। 

गृहमन्त्री लामिछानेको सचिवालयका अनुसार निर्देशनपछि चौधरीको बयान लिइने भएको छ।

‘उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न निर्देशन दिनुभएको छ। सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको छ,’ सचिवालयका एक सदस्यले भने।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा केही पहिले विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए।  

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:३१
Weather Update