News Griha :: न्यूजगृह
सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्यो
एआईजी श्यामलाल ज्ञवाली। फाइल तस्बिर।

काठमाडौं— सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुझेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो। 

आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताए। एआईजी ज्ञवालीले भने, ‘आज हामीले प्रतिवेदन बुझेको छौं। अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि पढाउँछौं।’

अहिले नै कसलाई कारबाही हुने, कसलाई पक्राउ गर्ने भन्ने विषय यकिन हुन बाँकी नै रहेको ज्ञवालीले बताए।

विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो।

 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:१८
Weather Update