News Griha :: न्यूजगृह
कैलालीमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु 

धनगढी— कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसीयूमा राखिएको थियो ।

उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १०:४१
Weather Update