News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
न्यून गुणस्तर पाइएपछि लोमस र फर्माको कम्पनीद्वारा उत्पादित औषधि बिक्रीमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ। प्रयोगशाला परीक्षणमा न्यून गुणस्तरको पाइएका लोमस फर्मास्युटिकलका दुई र फर्माको इन्डष्ट्रिजद्वारा उत्पादित एउटा औषधि बजारबाट फिर्ता लैजान भनेको हो। 

बिक्री वितरणमा रोक लगाइएका औषधिमा लोमसको ब्याच नम्बर एमटीएस ०१२३ भएको मेट्रो सस्पेन्सन (ओरल सस्पेन्सन) ५ एमएल,  मेट्रोनिडाजोल बेन्जोएट २०० एमजी र ब्याच एचपी–०१२३ को हेल्माप्रेन (अबलेन्डाजोल ब्याब्लेट) ४०० एमजी छ। यी औषधि २०२३ मार्च र २०२२ जुनमा उत्पादित हुन्।

Prabhu Bank

यस्तै फर्माकोको ब्याच २२/०१ को मेट्रो–पी (मेट्रोनिडाजोल सस्पेन्सन आइपी) ५ एमएल, मेट्रोनिडाजोल २०० एमजी पनि बिक्रीमा रोक लगाइएको विभागको सूचनामा छ। फर्माको उक्त औषधि जुन २०२२ मा उत्पादित मध्येको हो।  

विभागले सम्बद्ध कम्पनीहरूलाई औषधि ऐन २०३५ को दफा १४ बमोजिम ती औषधिहरू बजारबाट तुरुन्त फिर्ता ल्याउन र त्यसको विवरण उपलब्ध गराउन भनेको छ। साथै विभागले रोक लगाइएका औषधि सेवन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:१०
Weather Update