News Griha :: न्यूजगृह
प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओ पक्राउ 
प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने (बायाँ) र पूर्वसीईओ तुलसीराम गौतम (दायाँ)

काठमाडौं– प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको हो। गौतम तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सीईओ हुन्। 

उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेर बैंकिङ कसुरमा अनुसन्धान भइरहेको ब्युरोकी प्रमुख तथा एआईजी किरण बज्राचार्यले बताइन् । कमसल धितो राखेर बैंकिङ कसुर गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। 

त्यस्तै पक्राउ पर्नेमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका चिफ क्रेडिट अफिसर राजेश भण्डारी, सीईओ मनोज न्यौपानेलगायत छन् । उनीहरूले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएको आरोप छ। 

प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको थियो।  

 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १२:०६
Weather Update