News Griha :: न्यूजगृह
कपाल लामो बनाउन फलफूल र तरकारी खानुस्

काठमाडौं— मानव शरीरको सौन्दर्य सुन्दर देखाउनुमा कपालको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । कसैलाई लामो कपाल मन पर्छ भने कसैलाई छोटो ठिक्कको कपाल मन पर्छ । 

कपाल बढाउनुमा हाम्रो खानपानले पनि मुख्य भूमिका खेल्ने गर्दछ । कपालको विकासका लागि फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरपुर खानेकुरा खानु फाइदाजनक हुन्छ । त्यसमा धेरै भिटामिन र खनिजहरू हुने भएकोले जुन कपालको वृद्धि तथा विकासमा मद्दत मिल्छ । हामीलाई थाहा हुनुपर्छ कि यी सबै कुन खाना र फलफूलबाट लिन सकिन्छ ।

भिटामिनले हाम्रो समग्र स्वास्थ्यलाई व्यवस्थित गर्छ । भिटामिन बी ले चिनीको स्तरलाई सन्तुलनमा राखेर कपालको वृद्धिलाई बढावा दिन सक्छ, मेटाबोलिक प्रक्रियामा सुधार गर्छ, यसले रक्त प्रवाहलाई पनि सुधार गर्छ । कतिपय फलफूल र तरकारीहरू यस्ता छन् जसले कपालको वृद्धि बढाउन प्रभावकारी रूपमा काम गर्न सक्छ । जस्तै, एभोकाडो यस्तो फल हो जसमा ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, फाइबर र भिटामिन ई र बी को ठूलो स्रोत हुने गर्दछ ।

एभोकाडोमा पाइने ओमेगा–३ फ्याटी एसिडले कपालको स्क्याल्पलाई पोषण दिन्छ र कपाललाई बलियो र चम्किलो बनाउन मद्दत गर्छ । एभोकाडोमा एन्टी–इन्फ्लेमेटरी गुण पनि हुन्छ जसले टाउकोमा रक्तसञ्चार बढाउँछ । 

पालक एउटा यस्तो गाढा हरियो पात जस्तो तरकारी हो जुन भिटामिन ए, भिटामिन सी, बीटा क्यारोटिन, आइरन र फोलेट जस्ता अद्भुत पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ । यी सबै पोषक तत्त्वहरूले भित्रबाट रक्तसञ्चार सुधार गरेर टाउकोको पोषण गर्न एकसाथ काम गर्छन् । पालक काँचो खानु यसको पोषक तत्त्व प्राप्त गर्ने उत्तम उपाय हो । 

सुन्तला, कागती र अङ्गुर जस्ता सिट्रस फलहरू भिटामिन सी का उत्कृष्ट स्रोतहरू हुन् । नियमित रूपमा यी फलफूल खाँदा हाम्रो शरीरमा कोलाजेन उत्पादन गर्नमा मद्दत पुग्छ । कोलेजनले कपाललाई बलियो बनाउँछ र कपालको वृद्धिलाई बढावा दिन टाउकोमा रक्तसञ्चार सुधार गर्छ । 

भिटामिन सीले हाम्रो शरीरबाट फ्री रेडिकलहरू पनि हटाउँछ । यसैगरी गाजर धेरै पौष्टिक तरकारी हो जसमा क्यालोरी कम हुन्छ र पानी र फाइबर धेरै हुन्छ । गाजरमा पाइने भिटामिन ए ले कपालको वृद्धि गर्न मद्दत गर्छ । यी सबै पोषक तत्त्वहरूले कपालको वृद्धिलाई बढावा दिन्छ र कपालको समय पूर्व सेतो हुनबाट रोक्न मद्दत गर्दछ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ११:२२
Weather Update