काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उच्च अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक २६.८१ अङ्कले घटेर १९७९.०२ विन्दुमा कायम भएको हो।
यसदिन सेन्सेटिभ इन्डेक्स १.५९ अङ्कले घटेर ३५३.८३ विन्दुमा अडिएको छ। आज तीन सय १७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँमा खरिदबिक्री भए।
दोहोरो अङ्कले घटेको शेयर बजारमा एउटा मात्रै कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चिरख्वा हाइड्रोपावरको शेयर ८.५५ प्रतिशतले बढ्दा धवलागिरि लघुवित्त वित्तीय संस्थाको ६.६६, गुराँस फाइनान्सको ५.१६ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्युरेन्स शीर्षस्थानमा रह्यो।
आज २ उपसमूहबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स र मनु एन्ड प्रो उपसमूहबाहेक अन्यको सूचक घटेको हो।