News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
टिकटक चलिरहेको भए जानकारी गराउन दुरसञ्चार प्राधिकरणको अपिल 

काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ।

सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो।

Prabhu Bank

सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेमा दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

यसअघि सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो। तर, केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटकमा पहुँच छ।

प्राधिकरणले सूचना जारी गर्दै टिकटक चलेका पाइए content@nta.gov.np मा पठाउन अपिलसमेत गरेको छ। सूचना दिँदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ।

पछिल्लो पटक टिकटकले केही प्रतिवद्धतासहित पत्र पठाए पनि टिकटक चलाउनेबारे सरकारले केही निर्णय गरेको छैन।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:१७
Weather Update