News Griha :: न्यूजगृह
१९७ कम्पनीको शेयर मूल्य घट्यो, ३ अर्ब २० करोडको कारोबार

काठमाडौं– शेयर बजार परिसूचक नेप्से २०.७६ अङ्कले घटेको छ। साताको अन्तिम कारोबार दिन नेप्से उक्त अङ्कले घटेर २००५.८३ विन्दुमा झरेको हो। 

योसँगै ४९ वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १९७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। दुईवटाको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन। बजारमा आज ३ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ। ९५ लाख कित्ता शेयर बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो। 

आज पनि धेरै कमाउनेमा समाज लघुवित्तकै लगानीकर्ता छन्। कम्पनीको शेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले १९७.८० रुपैयाँ प्रतिशेयर आम्दानी गरे। दोस्रो धेरै कमाउनेमा जोशी हाइड्रोका लगानीकर्ता छन्। कम्पनीको पनि ९.८७ प्रतिशतले शेयर बढेको छ।

आज लगानीकर्ताले ७.६० प्रतिशतसम्म गुमाएका छन्। सर्वाधिक कारोबारमा हिमालयन रि अगाडि छ। कम्पनीको १४ करोड ८७ लाखको शेयर कारोबार भएको छ। 
दिनभरिमा ७७ हजार ८ सय ३३ पटक खरिदबिक्री भएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:५७
Weather Update