
काठमाडौं— प्रहरी प्रधान कार्यालयले मंगलबार ७८ जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा गर्यो छ। फगुन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि ७८ जना एसपीको काज सरुवा भएको हो।
जसमध्ये २५ जिल्लाका इन्चार्ज फेरिएका हुन्। तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतमकुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ। कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधी ज्ञवाली, पाल्पा नरेन्द्र चन्द, कैलाली पदमबहादुर बिष्ट, बर्दिया प्रविण धिताल, गोरखा बासुदेव पाठक, काभ्रेमा बसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन्।
यस्तै, धनकुटामा बिमल बस्नेत, डोटीमा बिष्णुहरी कोइराला, चितवनमा भावेष रिमाल, धनुषामा मित्रबन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जित सिंह राठौर, गुल्मीमा राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ।
स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरी श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन्।













