अपडेट
पाल्पा जीप दुर्घटनामा मृत्यु भएका ८ मध्ये तीन जनाको पहिचान खुल्यो

काठमाडौं– पाल्पामा जीप दुर्घटनामा मृत्यु भएका ८ मध्ये तीन जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका-६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका रामबहादुर अस्लामी र उर्मिला अस्लामी छन्।
मंगलबार अपराह्न तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।
यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जीप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक राजकुमार चापागाँईले १८ जना घाइतेहरूको उद्धार गरी लुम्बिनी मेडिकल कलेज पठाइएको बताए।
घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० २०:४०













