पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं– पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप मंगलबार अपरान्ह पौने ५ बजेतिर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । १८ जना घाइते छन् । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।
डुम्रेबाट चिदिस सिखरडाँडातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको डीआईजी कडायतले बताए । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० २०:०२













