News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
घट्यो आईफोनको मूल्य [नयाँ मूल्यसूचीसहित] 

काठमाडौं— नेपाली बजारमा आईफोनको मूल्य घटेको छ । विश्व बजारमै एप्पलले आईफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आईफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो ।

नयाँ मूल्य सूचीअनुसार गत सेप्टेम्बरमा सार्वजनिक आईफोन १५ को विभिन्न मोडलको मूल्य पनि घटाइएको छ ।

Prabhu Bank

यसभन्दा अघि १२८ जीबी क्षमता भएको आईफोन १५ को मूल्य एक लाख ४५ हजार तीन सय ९० रुपैयाँ पर्नेमा नयाँ मूल्य एक लाख ३५ हजार दुई सय रुपैयाँ तोकिएको छ । 

१ टीबी क्षमताको आईफोन १५ प्रो म्याक्सको नयाँ मूल्य दुई लाख ८९ हजार नौ सय रुपैयाँ तोकिएको छ । यसभन्दा अघि यसको मूल्य दुई लाख ९६ हजार नौ सय ९९० रुपैयाँ थियो । 

कम्पनीले आईफोन ११, आईफोन १२, आईफोन १३ र आईफोन १४ को मूल्य पनि घटाएको छ । 

यस्तो छ नयाँ मूल्यसूची:  

मोडलक्षमतानयाँ मूल्यपुरानो मूल्य
आईफोन १११२८ जीबी७५,९००८५,५००
आईफोन १२१२८ जीबी८५,१००९५,५००
आईफोन १३१२८ जीबी९५,०००१,०६,५००
आईफोन १४१२८ जीबी१,१४,०००१,२५,५००
आईफोन १५१२८ जीबी१,३५,२००१,४५,३९०
आईफोन १५२५६ जीबी १,५४,२००१,६४,४९०
आईफोन १५५१२ जीबी१,९१,९००२,०२,४९०
आईफोन १५ प्लस१२८ जीबी१,५४,२००१,६४,९९०
आईफोन १५ प्लस२५६ जीबी१,७३,०००२,८३,४९०
आईफोन १५ प्लस५१२ जीबी२,१०,८००२,२०,९९०
आईफोन १५ प्रो१२८ जीबी१,७६,५००१,८३,४९०
आईफोन १५ प्रो२५६ जीबी१,९५,४००२,०२,४९०
आईफोन १५ प्रो५१२ जीबी२,३३,२००२,३९,९९०
आईफोन १५ प्रो१ टीबी२,७०,९००२,७७,९९०
आईफोन १५ प्रो म्याक्स२५६ जीबी२,१४,३००२,२०,९९०
आईफोन १५ प्रो म्याक्स५१२ जीबी२,५२,१००२,५९,९९०
आईफोन १५ प्रो म्याक्स१ टीबी२,८९,९००२,९६,९९०

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:५९
Weather Update