News Griha :: न्यूजगृह
संघीय सरकारलाई बालेनको चेतावनी : काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नस् 

काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अर्को संघीय सरकारविरुद्ध ‘कडा’ टिप्पणी गरेका छन् । उनले सरकारलाई ‘काठमाडौंको हितमा काम गर्नुस् या सिंहदरबार अरु पालिकामा सार्नुस्’ भन्दै चुनौती दिएका हुन् ।

केन्द्र सरकारले वार्तामा नबोलाएसम्म सिंहदरबारको फोहोर नउठाउने बताएका बालेनले सामाजिक सञ्जाल फेसबुकमा फेरि स्ट्याटस लेख्दै सरकारको आलोचना गरेका हुन् । 

‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन्, ‘हामीलाई हाम्रो सम्पदा, संकृति, कला, सभ्यता चाहिन्छ, राजजीति हैन । सोमबारदेखि सिंहदरबार, राष्ट्रपति कार्यालय र मन्त्री क्वार्टरको फोहोर उठाउन बन्द ।’ उनले स्ट्याटसमार्फत सरकारलाई सिंहदरबार सार्न सिधै चुनौती दिएका छन् । 

 

मेयर बालेनले यसअघि फेसबुकमा लेखेर सोमबारदेखि सिंहदरबार, राष्ट्रपति कार्यालय र मन्त्री क्वार्टरको फोहोर नउठाउने घोषणा गरेका थिए । नभन्दै सोमबारदेखि यी क्षेत्रका फोहोर उठेको छैन । बालेनको यस्तो हर्कतलाई संघीय सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बालेनलाई आफ्नो काम राम्रोसँग गर्न सुझाएकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १३:१३
Weather Update