News Griha :: न्यूजगृह
शेयर बजारमा उच्च अङ्कको गिरावट

काठमाडौं— शेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अङ्कको गिरावट आएको छ । आइतबार शेयर बजार परिसूचक नेप्से २५.६३ अङ्कले घटेर २१३०.१८ अङ्कमा झरेर बन्द भएको छ । वाणिज्य बैंकहरूको दोस्रो त्रैमासको वित्तीय विवरणले नाफा घटेको देखाएपछि त्यसको असर शेयर बजारमा परेको बुझिएको छ ।

कारोबारको यस दिन ६४ कम्पनीको शेयर बढेकोमा एक सय ७७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर, अपि पावर, नेपाल रिइन्स्योरेन्स र सोनापुर मिनरल्स अगाडि छन् ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:४८
Weather Update