सुनको मूल्य बढ्यो
काठमाडौं— शुक्रबार सुनको मूल्य बढेको छ । पुस १८ यता घट्न थालेको सुनको मूल्य शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ३ सय र तेजाबी सुनको मूल्य १ लाख १७ हजार ७५० तोकिएको थियो । चाँदीको मूल्य भने घटेको छ ।
बिहीबार तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८० १३:२६