News Griha :: न्यूजगृह
१२१ कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं— पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु र १२१ जना संक्रमित भएका छन् । 

यसअघि मंगलबार पनि एकजनाको मृत्यु भएको थियो । यससँगै मृतकको संख्या १२ हजार २२ पुगेको छ । 

मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र एक हजार ७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:१३
Weather Update