News Griha :: न्यूजगृह
ग्लोबल आईएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा 

काठमाडौं— ग्लोबल आईएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।

बैंकले सर्लाहीको मलङ्गवा नगरपालिका–८, मलङ्गवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरूबाट सोमबारदेखि नै सम्पूर्ण बैङ्किङ सेवा सुचारु भएको छ । 

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकका ४६ लाख भन्दा बढी ग्राहक छन् । बैंकले आफ्ना सबै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।  

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १९:३४
Weather Update