News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले बजेटमै नभएको पैसा कहाँबाट ल्याउने भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले, बजेटको सिलिङ भन्दाबढी माग राखेर मन्त्रालय धाउने गरिएको भन्दै आक्रोश पोखे । 

Prabhu Bank

‘सिलिङ ५ करोडको राखेपछि ५० करोड पुगेन भनेर मन्त्रालयमा आउने गरेको पाइन्छ । सम्बन्धित मन्त्रालयहरू लाई के भन्न चाहन्छु भने, कति पैसा चाहिन्छ सरकारको अवस्था हेरेर आफूलाई आवश्यक हुने पैसा तत्कालै राख्नु पर्यो यसो भएपछि अर्थ मन्त्रालयसँग मागी रहन पर्दैन । संसद्ले पास गरेकोभन्दा बढि बजेट अर्थ मन्त्रालयमा हुँदैन,’ उनले भने, ‘विस्तारै देशको अर्थ अवस्था सुधारको क्रममा छ, तर हरेक मन्त्रालयसँग हरेक निकायले पैसा मागेको अवस्था छ तर मन्त्रालयसँग पास गरेको बाहेक पैसा कहाँबाट ल्याउने?’ 

उनले बजेट पास भएपछि रकमान्तरण गर्नुपर्ने अवस्था राम्रो नभएको भन्दै त्यसले अर्थ मन्त्रालय समस्यामा परेको बताए ।

‘हामीले पैसा ल्याउनको लागि एउटा स्थानको बजेट बाटेर अर्को स्थानमा दिनु पर्ने हुन्छ । हामीले अहिले मलको पैसा काटेर यता उखुमा ५२ करोड दिएका छौ भोलि मलमा नपुग्ने अवस्था हुन्छ । अर्थ मन्त्रालयमा यस्तै खालको पीडा छ,’ उनले भने । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:५४
Weather Update