News Griha :: न्यूजगृह
तीन महिनापछि कोरोना संक्रमणबाट एकको मृत्यु

काठमाडौं— पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । ४८ जना निको भएर हस्पिटलबाट डिस्चार्ज भएका छन् । 

तीन महिनापछि कोरोना संक्रमणबाट मृत्यु भएको हो । यसअघि २३ पुसमा कोरोना संक्रमणबाट एककाे मृत्यु भएको थियो ।

पछिल्लो समय कोभिड संक्रमण बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ४३६ जनामा कोरोना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४७६ र एन्टिजेन विधिबाट एक हजार ९६० जनाको नमुना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४६९ रहेको छ । 

त्यस्तै, अहिले कोरोना संक्रमण पुष्टि भई २४ जना संस्थागत आइसोलेसनमा बसेका छन् भने १३ जना आइसीयू र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ४९७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:१३
Weather Update