News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट, नेवानिको एकाधिकार तोडियो

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ग्राउन्ड ह्याण्डलिङ प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एअरलाइन्सले पनि ग्राउन्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । आजदेखि नै उक्त प्रक्रिया सुरु हुनेछ ।

प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले गर्दै आएको ग्राउन्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान गरिएको छ । 

प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम ग्राउन्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो । निगमको मुख्य आम्दानीको स्रोत रहेको ग्राउन्ड ह्याण्डलिङ सेवा बन्द भएमा निगम थप आर्थिक रुपमा कमजोर हुने जनाइएको छ ।

'मापदण्ड पुगेका एअरलाइन्सले पनि ग्राउन्ड ह्याण्डलिङ सेवाको प्रतिस्पर्धामा भाग लिन पाउनेगरी निर्णय भएको छ, यसले नयाँ एअरलाइन्सले पनि अवसर पाउछन्,' प्रवक्ता निरौलाले भने । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०७:०५
Weather Update