News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं— नेपाली बजारमा आज सुन–चाँदीको मूल्य स्थिर रहेको छ । 

गत शुक्रबार एक लाख १५ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै तेजाबी सुन एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।

तिहार बिदाको अघिल्लो दिनसम्म छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:४०
Weather Update