समुद्र सतहबाट १४ हजार एक सय फिटको उचाइँमा अवस्थित छ पवित्र तीर्थस्थल गोसाइँकुण्ड । पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँ बाबा भगवान शिव शङ्करले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किम्वदन्ती रहेको पाइन्छ।
कुण्डमा स्नान गरी गोसाइँ बाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकाङ्क्षा पुरा हुने जनविश्वासका साथ वर्षेनि हजारौँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्। गोसाइँकुण्डमा १ सय ८ कुण्ड छन् । ती कुण्डमा स्नान गर्नका लागि वर्षेनी हजारौँको सङ्ख्यामा भक्तजनहरू गोसाइँकुण्ड पुग्ने गर्छन् ।
तस्बिरहरू : किरण बराल

















![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






