News Griha :: न्यूजगृह
सरकारले दोस्रो बुस्टर खोप दिने, को‍-को प्राथमिकतामा ?
फाइल तस्वीर

काठमाडौं-  सरकारले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ । यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार बुस्टर खोप ५५ वर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई दिइने छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १९:०५
Weather Update