
काभ्रे— काभ्रेपलाञ्चोकमा शुक्रबार कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा संक्रमण देखिएको छ ।
बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ संक्रमित रहेका थिए । करिब तीन महिनापछि जिल्लामा पाइएको संक्रमित पाँच महिलासहित २५ रहेको जनाइएको छ ।
जिल्ला स्वाथ्य कार्यालय धुलिखेलका अनुसार शुक्रबार संक्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका दुई, धुलिखेलका दुई, पाँचखालका एक, पनौतीका सात तथा बेथानचोक र भुम्लु गाउँपालिकाको एक/एक रहेका छन् ।
काभ्रेपलाञ्चोकमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबैमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ पुष्टि भएको कार्यालयका प्रमुख डा.पुरुषोत्तम सेढाइले बताए ।
सेढाइका अनुसार नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो ।
‘नयाँ भेरियन्ट परीक्षण गराउन खर्चिलो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गर्न थालेका छौँ’, सेढाइले भने । उनका अनुसार पुष्टि भएका सबैको लक्ष्यण एउटै भएकाले नयाँ भेरियन्टकै संक्रमित हुन् ।