News Griha :: न्यूजगृह
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले गराए संसदमा जानकारी

काठमाडौं— इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री एनपी साउदले आइतबार संसदलाई जानकारी गराएका छन् ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेको थियो ।

इजरायलमा ४ हजार ५ सय जना नेपाली केयरगिभरको रूपमा र २ सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको परराष्ट्र मन्त्री साउदले संसदमा बताए ।

मन्त्री साउदले १७ जना नेपालीमध्ये २ जना सकुशल र ३ जनाको स्थानीय अस्पतामा उपचार भइरहेको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:२४
Weather Update