News Griha :: न्यूजगृह
यस्तो छ आइतबारको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार आज टनेल गोलभेँडा सानो प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा सानो लोकल ४०, भारतीय गोलभेँडा ठूलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ८०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौँला ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी २५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १००, मूला सेतो ३५, भान्टा डल्लो ५०, भान्टा लाम्चो २०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २२०, भिन्डी ९०, निगुरो ७०, रातो बन्दा ३००, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

यस्तै कुरिलो प्रतिकेजी ४५०, लप्सी प्रतिकेजी ५० रुपैयाँ, हरियो धनियाँ १८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०, गुन्द्रुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७०, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, पुदिना प्रतिकेजी ५००, अमला ६०, तोफु ११०, पिँडालु ५०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला ८०, रुख टमाटर १२०, कन्यच्याउ ७०, तने बोडी प्रतिकेजी ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

समितिका अनुसार केरा दर्जनको १५०, अनार ३५०, नासपती ९०, एभोकाडो २००, कालो अंगुर ४००, किवी २००, सरिफा २००, फुजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:४९
Weather Update