आर्थिक संकट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह
कावासोती— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकको आर्थिक क्षेत्रका संकट,जनजीविका महंगीलगायत समस्या समाधान गर्न सरकार आग्रह गरेका छन् ।
समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले मुलुकको अर्थतन्त्रमा देखा परेको संकट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफूहरु क्रान्तिकारी एजेन्डा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र सम्मृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताए ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० १०:२७