News Griha :: न्यूजगृह
सांसदलाई शान्तिनाथ योगीको खुलापत्र
Prabhu Bank

माननीय प्रतिनिधि सभा सदस्यज्यूहरुमा नमस्कार । प्रस्तुत विषयका सम्बन्धमा मुलुकभरका सम्पूर्ण सामुदायिक विद्यालयमा विगत लामो समयदेखि अविच्छिन्न सेवामा अहोरात्र खटिनुभएका तर राज्यको द्वयभाषिक तथा न्यून श्रमजीवीको विपक्षमा शिक्षा ऐन नियमावली रहेको तथा मौजुदा शिक्षा ऐन नियमावलीमा समेत विद्यालय कर्मचारीले गरेको योगदानको विपक्षमा राज्यको सम्पूर्ण संयन्त्र भएका कारण विद्यालय कर्मचारीले विभिन्न समयमा विरोध तथा आन्दोलन गर्नु परेको घटनाप्रति राज्य जानकार छ । 

राजनीतिक रुपमा समेत विद्यालय कर्मचारीलाई उपेक्षा गरिएकोले मिति २०८०/०६/१९ गतेको दिनको ५:०० पश्चात् ७२ घण्टाको समयावधिभित्र शंसोधन गर्न सकिने नेपाल सरकारको प्रावधान रहेको हुँदा हाल रहेका प्रतिनिधि सभा सदस्यज्यूहरूमा करिब पाँच दशकपछि जारी हुनगइरहेको शिक्षा ऐनले शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको दीर्घकालीन रुपमा समाधान मात्र नभएर शिक्षा क्षेत्रमा रहेको बेथिति र अराजकताको सीमा समाप्तिको कानुन बन्ने भएको हुँदा करिब ३५ हजार बढी विद्यालय कर्मचारीका संघसंगठनको हितमा गठित संयुक्त कर्मचारी संगठनको सुझाव नै अन्तिम सुझाव भएकोले उक्त शंसोधन प्रस्ताव बमोजिम यहाँहरुको युगान्तकारी कदामकासाथै अतुलनीय योगदानको पूर्ण अपेक्षामा छौं ।

शान्तिनाथ योगी, महासचिव 
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०७:२१
Weather Update