News Griha :: न्यूजगृह
राजेन्द्र लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेपछि माओवादीको आपत्ति

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा अध्यक्ष लिङ्देनले ज्ञानेन्द्रलाई राजा भनेर सम्बोधन गरेपछि उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरका हुन् ।

उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एक जना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले यो राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’

 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:१२
Weather Update