News Griha :: न्यूजगृह
राजावादीले धार्मिक सद्भाव बिथोल्न खोजेका छैनन् : राजेन्द्र लिङ्देन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी धार्मिक सद्भाव बिथोल्न लागेका छन् भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा उनले त्यस्तो कुन गतिविधि रहेछ राजावादीको जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ भन्ने कुरा प्रष्ट पार्न माग गरे ।

‘केहीले राजावादी धार्मिक सद्भाव बिथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्नप¥यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी कार्यमा संलग्न भएका छन् । उनको गतिविधीका ध्यान दिनप¥यो भनेर अनुरोध गरेका छन् । कुन त्यस्तो गतिविधि रहेछ राजावादीको जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ त्यसको म जानकारी लिन चाहान्छु । त्यसबारे प्रष्ट गर्नुहोला ।’

उनले जघन्य हत्याका अपराधिलाई जेलबाट छोड्ने र बालुवाटारको सरकारी जग्गा व्यक्तिको नामम बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र क्विन्टलका क्विन्टल सुन ल्याउने काम चाहिँ लोकतान्त्रीक हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:२२
Weather Update