News Griha :: न्यूजगृह
मावलीको थर राख्न गृहले गरेको परिपत्र सच्याइयोस्: सांसद भट्टराई

काठमाडौं— नेकपा एमाले सांसद विद्या भट्टराईले संवैधानिक र कानूनी व्यवस्थासमेत ख्याल नगरी गृह मन्त्रालयले मावलीको थर राख्ने गरी गरेको परिपत्र सच्याउन माग गरेकी छन्।

गृह मन्त्रालयले वडाहरूलाई पठाएको परिपत्रमा संविधान र कानूनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई अस्वीकार गरेकोले यो परिपत्र सच्याउन उनले शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘संविधान र देवानी संहिताअनुसारको भाषा प्रयोग गरी पुन: परिपत्र गर्न सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन्।

एकल महिलाबाट जन्मिएको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्दा मावलीको थर राख्न गृहले २२ चैतमा सबै वडालाई परिपत्र गरेको थियो।   

गृहको परिपत्रमा आमा शब्दको ठाउँमा दुरासयपूर्वक मावली लेखिएको, बच्चाको जीवनमा आमाको पहिचान र अस्तित्व नै इन्कार गरिएको भन्दै चर्को विरोध भइरहेको छ।


 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १४:३१
Weather Update