News Griha :: न्यूजगृह
महाराजगञ्ज चोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि 

काठमाडौं— काठमाडौंको महाराजगञ्ज क्षेत्रमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

महाराजगञ्जस्थित अमेरिकी दूतावास नजिकै शंकास्पद देखिने एउटा झोला देखिएपछि सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरेको हो। 

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उक्त वस्तु ‘होक्स’ रहेको जानकारी दिए। ‘नेपाली सेनाको बम डिस्पोजल टोली गएर बेलुका डिस्पोज गर्ने क्रममा उक्त वस्तु ‘होक्स’ रहेछ,’ उनले भने।

शंकास्पद वस्तु देखिएपछि प्रहरीले त्यस क्षेत्रको सीसीटीभी फुटेज पनि मगाएर हेरेको थियो। त्यस क्रममा उक्त वस्तु केटाकेटीले खेलाउँदै ल्याएर छाडेको वस्तु देखिएको छ।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २०:५६
Weather Update