महाराजगञ्ज चोकमा शंकास्पद वस्तु फेला

काठमाडौं— काठमाडौंको महाराजगञ्जस्थित व्यस्त सडक चोकमा शंकास्पद वस्तु फेला परेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो ।
बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भएतर्फको साइडको सडक खाली अहिले गराइएको छ । सो क्षेत्रमा अहिले सवारीको चाप छ ।
शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे सेनाको डिस्पोजल टोलीले यकिन गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १९:४१













