News Griha :: न्यूजगृह
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए

सर्लाही— हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् ।

वि.सं. २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत आव २०७९/८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

उनका अनुसार फेला परेका नयाँ क्षयरोगीमध्ये एक सय १९ जनाको उपचार सफल भएको छ ।  आव २०७८/७९ मा एक सय १० जना क्षयरोगी फेला परेका थिए ।

क्षयरोगका नयाँनयाँ बिरामी फेला परे पनि पुराना बिरामीमा रोग निर्मुल गर्नका लागि चुनौती रहेको र नगरका स्वाथ्यकर्मीको एकल प्रयासले मात्रै सो सम्भव नरहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०९:१४
Weather Update