News Griha :: न्यूजगृह
नरिवलको पानीमा मह मिसाएर पिउँदा हुने फाइदा

स्वास्थ्यका हिसाबले नरिवल पानी र मह दुवैको खानु फाइदाजनक मानिन्छ । दुबै एकसाथ खाँदा भने यसले धेरै रोगहरूको रोकथाम र उपचारमा पनि मद्दत गर्दछ ।

नरिवलको पानीको बारेमा कुरा गर्दा यसमा भिटामिन बी, सी, सोडियम, म्याग्नेसियम, पोटासियम जस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् ।

महमा एन्टी–इन्फ्लेमेटरी, एन्टि ब्याक्टेरियल, एन्टी फंगल र एन्टिअक्सिडेन्ट गुण जस्ता धेरै औषधीय गुणहरू छन् । यसमा धेरै आवश्यक भिटामिन र मिनरल्स पनि पाइन्छ ।

नरिवलको पानीमा मह मिसाएर नियमित रूपमा पिउनुभयो भने यसले स्वास्थ्यलाभ दिन्छ । भारतीय क्लिनिकल पोषण विशेषज्ञ र आहारविद् गरिमा गोयलका भनाइ यस्तो छ :

नरिवलको पानी र महको फाइदा

बुढ्यौली ढिलाइ

नरिवलको पानीमा मह मिसाएर पिउँदा शरीरलाई पोषण प्रदान गर्दछ । यसमा पाइने औषधीय गुणहरूले शरीरमा हुने हानिकारक कणहरू जस्तै फ्रि–रेडिकलहरूसँग लड्न र अक्सिडेटिभ तनाव कम गर्न मद्दत गर्दछ । यसले कोशिकाहरूलाई क्षतिबाट बचाउँछ र शरीरलाई डिटक्सिफिकेसन गर्छ जसका कारण यसले बुढ्यौलीका लक्षणहरूलाई कम गर्न र लामो समयसम्म जवान राख्न मद्दत गर्छ ।

शरीरलाई ऊर्जा दिन्छ

शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न नरिवलको पानी र महको मिश्रण निकै फाइदाजनक हुन्छ । यसले शरीरमा मिनरल्सको स्तरलाई कायम राख्छ र शरीरलाई ऊर्जावान बनाउँछ । यसले शारीरिक थकान, निर्जलीकरण आदिसँग लड्न पनि मद्दत गर्छ ।

पाचन स्वास्थ्य सुधार गर्दछ

पेटमा राम्रो ब्याक्टेरिया बढाउनको लागि याे उत्कृष्ट तरल पदार्थ हो । यसले पाचन प्रक्रियामा सुधार गर्छ र पेटको समस्याबाट बचाउँछ । कब्जियत, पखाला, पेट फुल्ने जस्ता समस्याबाट बच्न यो निकै फाइदाजनक हुन्छ ।

नरिवलको पानी र महले तपाईंलाई चिसो, मौसमी र ​​भाइरल इन्फेक्सन आदिबाट जोगाउन मद्दत गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा सेतो रक्त कोशिकाको निर्माणमा पनि मद्दत गर्छ जसले संक्रमण र हानिकारक ब्याक्टेरियासँग लड्छ ।

मधुमेह रोगीका लागि लाभदायक

यो मिश्रण रगतमा चिनी नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ । महमा प्राकृतिक चिनी हुन्छ । यसले रगतमा चिनी बढाउँदैन । यो संयोजनले अक्सिडेटिभ तनाव कम गर्दछ र इन्सुलिन संवेदनशीलता सुधार गर्दछ । तर यसको अत्यधिक सेवन गर्नबाट जोगिनुपर्छ । अनुवाद

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०६:४७
Weather Update