फौजदारी अपराध
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
काठमाडौं— अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार ट्रम्पलाई प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परे पनि उनलाई हतकडी भने लगाइएको छैन ।
उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।
म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।
अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ ०६:५९














